२०८३ मङ्सिर ३ गते बिहिवार

तीव्र गतिको स्कर्पिओ रुखमा ठोक्किँदा ८ जनाको मृत्यु


रौतहट, २५ मंसिर । रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार-लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो ।

बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

तीव्र गतिको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मृतक अधिकांशको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस