२०८३ असार १३ गते शनिवार

आज कात्तिक ८ गते बिहीबारको राशिफल

आज २०८१ साल कात्तिक ८ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर २४ तारिख। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष राशि – झिना मसिना समस्याले अल्झनमा पर्न सकिएला। कार्यमा ढिला सुस्ती हुनेछ। केही धन सामान्य समस्यामा खर्च होला। मनमा आलस्य छाउला। स्फूर्तिमा कमी हुनेछ।

वृष राशि – भाग्यले साथ दिनेछ। शुभ समाचार सुन्न पाइएला। आटेको कार्य सफल हुनेछन्। आत्मविश्वास बढ्नेछ। शैक्षिक सफलता मिल्नेछ। नयाँ कामको शुरुवात होला। पारिवारिक प्रेममा सुमधुरता छाउला।

मिथुन राशि – प्रेम सम्बन्ध बलियो होला। भाग्य बलियो रहला। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। संगीत क्षेत्रमा रुचि बढ्ला। मन प्रसन्न रहला।

कर्कट राशि – पराक्रम बढ्नेछ। अध्यात्ममा मन जाला। सामाजिक कार्यप्रति प्रेरित बन्ने समय रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ। अध्ययनमा मन लाग्ला। आर्थिक सुधार हुनेछ। प्रेम-प्रसंग सुमधुर हुनेछ।

सिंह राशि – आज दिन मध्यम फलदायी रहला। सानातिना कुराको अल्झनमा पर्न सकिएला। कार्यमा बाधा-अड्चन आउला। स्वास्थ्य बिग्रन सक्छ। खर्च वृद्धि होला। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला।

कन्या राशि – सांस्कृतिक क्षेत्रमा रुचि बढ्ला। आकस्मिक धन लाभ होला। सामाजिक कार्यमा मन जानेछ। मान-सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमी-प्रेमिका बीच सुमधुर सम्बन्ध रहला। शत्रु पराजित हुनेछन्। नाम, प्रतिष्ठा, एवं कीर्ति बढ्नेछ।

तुला राशि – शुभ समाचार सुन्न पाइएला, जसले मनमा हर्ष छाउला। साथीभाइको सहयोग पूर्ण रूपमा पाइएला। तपाईको कर्मको चर्चा चल्नेछ। आर्थिक पक्ष मध्यम हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ। अन्य क्षेत्र राम्रो रहला।

वृश्चिक राशि – आज भाग्यले साथ दिनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शैक्षणिक सफलता पनि मिल्नेछ। महत्वपूर्ण कार्यको थालनी होला।

धनु राशि – समय मध्यम फलदायी रहला। सर-सामान चोरी वा हराउने सम्भावना छ। नाक, कान, घाँटीमा स्वास्थ्य समस्या आउन सक्छ, ख्याल राख्नु होला। पूर्ण हुन थालेका कार्यमा बाधा अड्चन आउला। आर्थिक पक्षमा केही सुधार हुनेछ। पारिवारिक सन्तुलन कायम रहला।

मकर राशि – सामाजिक कार्यमा मन जानेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक सहयोग मिल्ला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता छाउला। महिला मित्रको सहयोगले कार्यमा सहजता आउला। स्वास्थ्यमा ख्याल राख्नु पर्ला।

कुम्भ राशि – तपाईले गरेको कर्मको चर्चा चल्नेछ। तपाईको धैर्यता र लगनशीलताले तपाईलाई सफल बनाउनेछ। मन प्रसन्न होला। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। मित्र मिलन होला। भाग्यले साथ दिनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।

मीन राशि – लामो समयदेखि रोकिएका कार्य पुनः सुचारु हुनेछन्। अरुलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। व्यवसायले विस्तारै फड्को मार्नेछ। न्यायिक सफलता मिल्नेछ। पारिवारिक सद्भावमा मिठास आउला। आत्मबल उच्च हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।

सचिव –नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ । फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस