कपुरकोट, २१ असोज । सल्यानको कपुरकोटमा बैंक वित्तीय तथा सहकारी मिलन केन्द्रले आज बिजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
मिलन केन्द्रका संयोजक मदन केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । मिलन केन्द्रका सचिव हरि प्रसाद बस्नेतले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा कपुरकोट क्षेत्रमा रहेका विभिन्न वित्तीय संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तिहरूले दशैं-तिहारको अवसरमा एक-अर्कालाई शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रमले कपुरकोटको वित्तीय क्षेत्रका प्रतिनिधिहरूबीच आपसी सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार


