२०८३ भाद्र १६ गते मङ्गलवार

कपुरकोटको विकासका लागि पालिकाले सरोकारवालासंग छलफल गर्ने

कपुरकोट, २५ भदौ । सल्यानको कपुरकोट गाउँपालिकाले मंगलबार (भदौ २५ गते) गाउँपालिकाको समग्र विकासका विभिन्न विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम कपुरकोट गाउँपालिकाको सभाहलमा दिउँसो १२ बजेदेखि शुरु हुने छलफल कार्यक्रममा राप्ती राजमार्ग र कपुरकोट-कोइलास सडकको सुधार, आधारभूत अस्पताल तथा स्वास्थ्य बीमा, विद्यालय शिक्षा सुधार र एकीकृत तरकारी बजार व्यवस्थापन लगायतका विषयमा सरोकारवालासंग छलफल हुने भएको छ ।

छलफल कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत भरत कुमार वलीले सरोकारवालाहरूलाई उपस्थित भएर आफ्नो सुझाव दिन आग्रह गर्नुभएको छ । छलफलले गाउँपालिकामा विकासका लागि महत्वपूणर् टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस