२०८३ असार १३ गते शनिवार

आज २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल

आज २०८१ साल भदौ २१ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर ६ तारिख। भाद्र शुल्क पक्षको हरितालिका तीजको व्रत। चन्द्र दर्शन दोष। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – आज तपाईकाे लागि दिन शुभ रहेकाे छ। राजनितिक सफलता प्राप्त हाेला। वाेलिकाे प्रसंसा वढ्ला। नयाँ कार्यकाे थालनी हाेला।

वृष राशि – आर्थिक क्षेत्र सवल रहला। धर्मकर्ममा मन जाला। अधुरा कार्य पुन: सुचारु हाेलान्। विशिष्ट व्यक्तिकाे सहयाेग पाईएला।

मिथुन राशि – बाद विवादमा परिएला। तर्क वितर्कले मन खिन्न हाेला। मन अधैर्य हाेला।

कर्कट राशि – आज दिन शुभ रहेकाे छ। नयाँ याेजनाहरु बन्लान्। पाटनरकाे सहकार्यमा कार्यमा सफलता हाेला। श्रमकाे मुल्याङ्कन हाेला।

सिंह राशि – आज मध्यम समय रहला। अाफ्नै प्रयासमा गरिएका कार्यमा सफलता पाईएला। राेकिएका कार्य पुनः सुचारु हाेलान्।

कन्या राशि – मान प्रतिष्ठा वढ्ला। मनमा पराेपकारकाे भाव वढ्ला। दिन रमाईलाे संग बित्नेछ।

तुला राशि – पारिवारिक झमेलामा परिएला। कार्यमा बाधा हाेला। साथीभाईकाे सहयाेग भने प्राप्त हाेला। बैदेशिक कार्य बन्न सक्ला।

वृश्चिक राशि – दिन प्रेमिल हाेला। मान सम्मान वढ्ला। अधुर कार्यहरु सम्पन्न हाेलान्।

धनु राशि – व्यवसायमा घाटा व्यहाेर्न पर्ला। अर्थसम्वन्धी समस्या थपिएला। राेकिएका कार्य भने सफल हाेलान्। दिन मध्यम फलदायी छ।

मकर राशि – आज दिन सुखद् रहला। सहयाेगिकाे साथले कार्यमा सहजता अाउला। नयाँ याेजना बन्नेछन्। सामाजिक प्रतिष्ठा वढ्ला।

कुम्भ राशि – यात्रामा केही सजगता अपनाउदा ठिक हाेला। घरायसी झमेला पर्न सक्छ। वाद विवादमा परिएला।

मीन राशि – आज मित्र मिलनकाे समय रहेकाे छ। शिक्षा क्षेत्र सवल हाेला। सही समयमा निर्णयात्मक भुमिका निर्वाह गर्ने दिन रहेकाे छ। आज दिन शुभ रहला।

ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन दाङ ।
फाेन नं ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस