२०८३ मङ्सिर ४ गते शुक्रवार

राेल्पाबाट तुलसीपुर आउँदै गरेको टिपर साततलेमा दुर्घटना


तुलसीपुर, ७ भदौ ।
दाङको तुलसीपुरमा टिपर दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा करिब एकसय मिटर तल टिपर खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सगरमाथा सिमेन्ट उद्योगको टिपर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । आज दिउँसो करिब ३ बजेतिर रोल्पाबाट कपुरकोट तुलसीपुर हुदै घोराही तर्फ जादै गरेको रा १ क १२३८ नंम्बरको चुन ढुङ्गा बोकेको टिपर आफै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

टिपर आफै अनियन्त्रित भई सडक देखी एकसय मिटर तल खसेको छ । टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाको थप विबरण आउन बाँकी रहेको छ ।

टिपर आफै अनियन्त्रित भई सडक देखी एकसय मिटर तल खसेको छ । टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाको थप विबरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस