२०८३ भाद्र १७ गते बुधवार

टिकटकमाथिको प्रतिवन्ध फुकुवा


दाङ, ६ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निणर्य गरेको हो ।

सरकारले फुकुवा गर्ने हल्ला चलेसंगै अधिकांश नेटवर्कमा टिकटक चल्न शुरु गरिसकेको थियो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निणर्य गरेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस