दाङ, ३ भदौ । दाङको तुलसीपुरमा घर बनाउने क्रममा दुई तला माथीबाट खसेर एकजना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुर-७ मोतिपुर निवासी ३० वर्षीय गणेश चौधरी घर बनाउने क्रममा खसेर गम्भिर घाइते हुनुभएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सोही ठाउँकै दिपा खत्रीको घर बनाउने क्रममा सोमबार बिहान साढे ८ बजेको समयमा चौधरी दुई तला माथीबाट लडेर गम्भिर घाइते हुनुभएको हो ।
घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार


