२०८३ भाद्र १८ गते बिहिवार

सामाजिक सुरक्षा भत्ता नवीकरण भदौ मसान्तसम्ममा गर्न सकिने

दाङ, २४ साउन । सरकारले भदौ मसान्तसम्ममा सामाजिक सुरक्षा भत्ताको लागि नवीकरण गर्न गर्न सकिने जनाएको छ ।

केही वडाले चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउनका लागि साउन मसान्तभित्रै नवीकरण गर्नुपर्ने भनेको गुनासो आएपछि सरकारले भदौ मसान्तसम्ममा नविकरण गर्न सकिने स्पष्ट पारेको हो ।

यस विषयमा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाका निर्देशक शिवराज सेढाईले भदौ मसान्तसम्ममा परिचयपत्र नीकरण गर्न सकिने स्पष्ट पार्नुभयो ।

शाखाकाअनुसार हाल २६ लाख २ हजार ४ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस