दाङ, १९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार आज पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको छ ।
मनसुनको प्रभावले शनिबार आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले दिउँसो कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।


