२०८३ भाद्र १८ गते बिहिवार

मोहना नदिमा अलपत्र परेकाहरुको सकुशल उद्धार


कैलाली, ५ साउन । शुक्रबार बर्षासँगै मोहना नदिमा आएको बाढिमा फसेका ५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१८ नोक्लिपुरबाट नदि पार गरी घाँस काट्न गएकाहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ बिओपी फुलवारीले र्‍याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका-१५ स्थित कनरी गाँउमा खटिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस