२०८३ भाद्र १९ गते शुक्रवार

अफगानिस्तान : इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु

काबुल-अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल-अधाको बिदामा सवारी दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताउनुभयो ।

द्वन्द्वग्रस्त मुलुकमा सडकको कमजोर अवस्था, लापरवाही सवारी चलाउने र यात्राका क्रममा सुरक्षा उपायको अभाव जस्ता घातक सडक दुर्घटनाका कारण हुन् ।

यस वर्ष अफगानिस्तानमा इद अल-अधाको बिदा सुरुमा तीन दिनसम्म रहने घोषणा गरिएको थियो तर पछि पाँच दिनसम्म लम्ब्याइएको छ ।

अप्रिलमा इद अल-फित्रको चार दिने बिदामा अफगानिस्तानमा सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने एक सय ८५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस