दाङ भ्याली यातायात प्रा.लिको नियमित समीक्षात्मक बैठक केन्द्रीय कार्यालय तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेन्द्र महराकाे अध्यक्षतामा बसेको बैठकले हापुरे शाखाका सह संयोजकलाई संयोजकमा पदोन्नति गर्ने निर्णय गरेको छ त्यस्तै सल्लाहकारहरुमा पुरुषोत्तम रजौरे, लोकमणी शर्मा र राम बहादुर खत्री ज्यूलाई कार्यसमिति सदस्यमा चयन गर्ने निर्णय गरिएको छ ।
बैठकमा संस्थागत कामहरुलाई छिटो छरिदो र प्रविधिमैत्री बनाउने, दुर्घटना न्यूनीकरण गर्न सचेतना अभिवृद्धि कार्यक्रमहरु गर्ने र श्रावण २७ गते पर्ने स्थापना दिवसलाई भव्यताका साथ विभिन्न कार्यक्रमहरू गरी मनाउने निर्णय गरिएको छ ।
बैठकमा गत आर्थिक वर्ष ०८२/०८३ मा भए गरेको प्रगति विवरण र आगामी योजनाहरु प्रस्तुत गरिएको थियो । संस्थाका फिल्ड सहायक लीला वलीको स्वागत मन्तव्यबाट सुरु भएको नियमित बैठकको सञ्चालन घोराही शाखाका संयोजक बलजित दमाईले गर्नुभएको थियो । बैठकमा सस्थाका पदाधिकारी, कर्मचारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।


