सल्यान, ८ जेठ । सल्यान जिल्लामा क्रियाशील साना किसान कृषि सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८२/२०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम आज शुक्रबार सल्यानको श्रीनगरस्थित युनाइटेड होटलमा सम्पन्न भएको छ।
जिल्लास्थित साना किसानहरूको आयोजनामा भएको समीक्षा कार्यक्रम भएको हाे । नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य धर्म राज थापाको अध्यक्षता एवं साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुर्खेतका प्रमुख सबिन लामिछाने प्रमुख अतिथ्यता एवं नेपाल कृषि सहकारी केन्द्रीय संघका सहकारी प्रशिक्षक मान बहादुर बिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हाे ।
समीक्षा कार्यक्रममा सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा रहेका साना किसान कृषि सहकारी संस्थाहरूले आ–आफ्नो संस्थाको तेस्रो त्रैमासिक प्रगति प्रतिवेदन, हालसम्मका उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए।
सो अवसरमा संस्थाहरूको वित्तीय अवस्था, कर्जा लगानी तथा असुली, र व्यावसायिक कृषि प्रवर्द्धनमा सहकारीहरूले खेलेको भूमिकाबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूलाई धन बहादुर परियारले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जित प्रसाद आचार्यले गर्नुभएको थियो।


