२०८३ असार १५ गते सोमवार

कपुरकोटमा दुई ईभी गाडी ठोक्किए


कपुरकोट (सल्यान), १ जेठ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट बजार क्षेत्रमा दुईवटा विद्युतीय (ईभी) गाडी एकआपसमा ठोक्किँदा ७ जना यात्रु सामान्य घाइते भएका छन् ।

बागमती प्रदेश ०१०३२च ८३३२ नम्बर र लुम्बिनी प्रदेश ०२००ज ०१६५ नम्बरकाे दुई ईभी गाडी कपुरकोट बजार नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाडीमा सवार करिब ७ जना यात्रु घाइते भएको  प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ ।


​तीव्र गति वा साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनालगत्तै कपुरकोट क्षेत्रमा केही बेर सवारी आवागमन प्रभावित भए पनि अहिले अवस्था सामान्य बनिसकेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस