रोल्पा, १३ वैशाख । राेल्पामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।
शनिबार राति परेको चट्याङका कारण परिवर्तन गाउँपालिका वडा नं. ४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, गएराति करिब साढे ८ बजेको समयमा वलीको घरभन्दा करिब ५ मिटर पश्चिममा रहेको रुखमा चट्याङ परेको थियो।
रुखमा परेको सोही चट्याङको असरले घरैमा रहेका वलीलाई लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको हाे ।
चट्याङबाट एउटा गोरु समेच मरेको राेल्पा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार





