२०८३ असोज १९ गते सोमवार

रोल्पामा चट्याङ लागेर चारवटा भैँसी मरे


​रोल्पा, १२ वैशाख । रोल्पाको लुङ्ग्री गाउँपालिकामा चट्याङ लागेर चारवटा भैँसी मरेका छन्।

शनिबार साँझ परेको चट्याङका कारण स्थानीय किसानको गोठमा बाँधिएका भैँसी मरेकाे राेल्पा प्रहरीले जनाएको छ ।


​लुङ्ग्री गाउँपालिका वडा नं. ४ सालडाँडास्थित ४५ वर्षीय गजिम गिरीको गोठमा शनिबार बेलुका करिब ६ बजेको समयमा चट्याङ परेको थियो।


गोठभित्रै बाँधिराखिएको अवस्थामा चट्याङ लाग्दा एउटा दुहुनो भैँसी, एउटा ब्याउने भैँसी र दुईवटा पाडी मृत फेला परेका छन्।


​चट्याङबाट गोठ र पशुपक्षीमा क्षति पुगे पनि अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

एक्कासि परेको चट्याङले ठुलो संख्यामा पशुचौपाया सखाप भएपछि पीडित किसानलाई आर्थिक क्षति पुगेको छ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस