२०८३ मङ्सिर २ गते बुधवार

तुलसीपुरमा शिक्षकलाई टिचिङ गाइडलाइन तालिम

दाङ, १२ वैशाख । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तुलसीपुरमा शिक्षकलाई टिचिङ गाइडलाइन तालिम प्रदान गरिएको छ ।

तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा स्कुल र दिव्यकुञ्ज एकेडेमीका शिक्षकहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको उक्त तालिमले शिक्षण विधि, कक्षा व्यवस्थापन तथा प्रेरणात्मक सीप विकासमा केन्द्रित रही शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

तालिमको प्रमुख प्रशिक्षकका रूपमा रवि किरण रहनुभएको थियो ।

कार्यक्रममा सहभागी शिक्षकहरूलाई आधुनिक शिक्षण प्रविधि, विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण, तथा प्रभावकारी मूल्याङ्कन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

तालिमले शिक्षकहरूमा नयाँ सोच, नवीन शिक्षण शैली र जिम्मेवार पेशागत व्यवहार विकास गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ । सहभागी शिक्षकहरूले पनि यस्तो किसिमको तालिमले आफूहरूलाई अझ प्रभावकारी शिक्षक बन्न प्रेरित गरेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस