२०८३ भाद्र ५ गते शुक्रवार

विद्यालय दुई दिन बन्द हुने भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

दाङ, १९ चैत । विभिन्न सामाजिक सञ्जालमा आफूहरूको नाममा हप्ताको दुईदिन शनिबार र आइतबार शैक्षिक संस्था पूर्णरूपमा बन्द हुने भनि आएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी भ्रामक सूचनाप्रति फैलाइएका सूचनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले स्पष्ट पार्दै भनेको छ, ’उक्त सूचना कपोलकल्पित हो र यसमा कुनै सत्यता छैन।’

मन्त्रालयले सम्बन्धित सबै शैक्षिक संस्था र सरोकारवालालाई सचेत गराउँदै, यस्तो मिथ्या सूचना प्रवाह गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस