२०८३ भाद्र ५ गते शुक्रवार

एनएमबी बैंकको सहकार्यमा भेरिगङ्गामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण


बाँके, १० चैत । एनएमबी बैंकको सहकार्यमा भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको साझेदारीमा “अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” अन्तर्गत सामग्री वितरण गरिएको हो।

कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन आवश्यक विभिन्न सहायक सामग्री उपलब्ध गराइएको छ। यसका लागि करुणा फाउन्डेसन नेपालबाट रु २० लाख र एनएमबी विकास बैंकबाट रु ५ लाख गरी कुल रु २५ लाख बराबरको सहयोग प्रदान गरिएको हो।

यस सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै उनीहरूको हिँडडुल, शिक्षा तथा दैनिक क्रियाकलापमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख एक्गे प्रसाद ठकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरूले एनएमबी बैंकजस्ता संस्थाहरूको सामाजिक उत्तरदायित्वले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि यस्ता कार्यक्रम अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस