२०८३ असार २१ गते आइतवार

बागचौरमा वन डढेलो नियन्त्रण तथा जनचेतना र्‍याली

सल्यान, ४ चैत । सल्यानको बागचौरमा वन डढेलो नियन्त्रण तथा जनचेतना जगाउने उद्देश्यले आज एक विशेष र्‍याली गरिएको छ । डिभिजन वन कार्यालय सल्यान अन्तर्गतको सिद्धकुमाख बागचौर सब–डिभिजन वन कार्यालय थारमारेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

थारमारे बजारबाट सुरु भएको सचेतनामुलक र्‍याली बागचौर बजारसम्म पुगेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय थारमारेका प्रतिनिधिहरू र नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक वनका १०० भन्दा बढी उपभोक्ता तथा स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो ।

र्‍यालीका सहभागीहरूले वन डढेलो विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गर्नुका साथै सर्वसाधारणलाई सचेतनामुलक पम्पलेटहरू समेत वितरण गरेका थिए ।

वन विनाश रोक्न र डढेलोको जोखिम न्यूनीकरणका उपायहरूबारे जनसाधारणलाई जानकारी दिन गीत–संगीतको माध्यमबाट समेत जागरणमुलक प्रस्तुतिहरू दिइएको थियो।

थारमारे बजारमा पुगेर कोण सभामा परिणत भई र्‍याली औपचारिक रूपमा समापन भएको थियो । गर्मी मौसमको सुरुवातसँगै वन क्षेत्रमा हुनसक्ने सम्भावित डढेलोको जोखिमलाई कम गर्न र स्थानीय समुदायलाई थप जिम्मेवार बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस