दाङ, २६ माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई युवकको पहिचान खुलेको छ।
मृत्यु हुनेमा माेटरसाइकल चालक राेल्पा त्रिवेणी गाउँपालिका ७ का ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ का कमल वलि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लु प्र ०२००१ प ११०२ नम्बरको पल्सर मोटसाईकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा दुर्घटना भएको थियोे ।
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमवार



