२०८३ भाद्र ३ गते बुधवार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु


बैतडी, २२ माघ । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मृतक सबै पुरुष रहेको बताइएको छ ।

बस सडकबाट करिब २०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस