२०८३ असोज १९ गते सोमवार

घोराहीमा गुरुदेव उपेन्द्र पौडेलको ‘आध्यात्मिक श्रुतमय प्रज्ञा’ प्रवचन सुरु

दाङ, १९ माघ । जय जीव दर्शनका प्रवर्तक एवं समाजसेवी गुरुदेव उपेन्द्र पौडेलले धार्मिक समाजरुपान्तरणका लागि आध्यात्मिक श्रुतमय प्रज्ञा (ज्ञान योग) प्रवचन अभियान सुरु गर्नुभएको छ ।

दाङको घोराहीस्थित भानु चोकमा आइतबारदेखि सुरु भएको उक्त कार्यक्रम हरेक दिन दिउँसो ठिक १२ बजेदेखि २ बजेसम्म दुई घण्टा चल्नेछ । यस अभियानलाई आध्यात्मिक युवा यज्ञ बहादुर कवरले स्वस्फूर्तरुपमा साथ दिइरहनु भएको छ ।

समाजमा आध्यात्मिक चेतना र सकारात्मक रूपान्तरण फैलाउने उद्देश्यले प्रवचन अभियान सुरु भएको हो । पछिल्लो समय समाजमा बढ्दै गएको विकृति र मानसिक तनावलाई कम गर्दै ज्ञान योगमार्फत शान्ति स्थापना गर्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस