२०८३ असार २० गते शनिवार

तुलसीपुर सिटी अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. हेमराज शर्मा

दाङ, १० माघ । तुलसीपुर सिटी अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. हेमराज शर्माले नियमित सेवा प्रदान गर्दै आउनुभएको छ। लामो समयदेखि हाडजोर्नी, ढाड–कम्मर दुखाइ, नसासम्बन्धी समस्या, जोर्नी दुखाइ, हाड भाँचिने समस्या तथा स्नायु प्रणालीसँग सम्बन्धित रोगको उपचारमा अनुभवी डा. शर्माले बिरामीलाई प्रभावकारी सेवा दिँदै आउनुभएको अस्पतालले जनाएको छ।

डा. शर्माले आधुनिक प्रविधि र चिकित्सकीय मापदण्डअनुसार बिरामीको परीक्षण, उपचार तथा परामर्श दिने गर्दै आउनुभएको छ। विशेषगरी दुर्घटनाबाट हुने हाडजोर्नी समस्या, घुँडा तथा काँध दुखाइ, नसामा च्यापिने समस्या (नसा च्यापिने, साइटिका), स्पाइनल सम्बन्धी समस्या लगायतका रोगमा उहाँको सेवा प्रभावकारी रहेको बिरामीहरूले बताएका छन्।

तुलसीपुर सिटी अस्पतालले दक्ष चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुरूप डा. शर्माको सेवा महत्वपूर्ण रहेको बताएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको चाप बढ्दै गएको र स्थानीय बासिन्दाले सहज रूपमा विशेषज्ञ सेवा पाउन थालेका छन्।

अस्पताल प्रशासनका अनुसार हाडजोर्नी तथा नसारोग सम्बन्धी समस्या भएका बिरामीहरूले तोकिएको समयमा डा. हेमराज शर्मासँग परामर्श लिन सक्ने व्यवस्था गरिएको छ। -विज्ञापन समाचार

प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस