२०८३ असार ७ गते आइतवार

रोजगारीका लागि भारत पुगेका सल्यानका ९ जनाको ग्याँस सिलिन्डर विष्फोटमा परेर मृत्यु

दाङ, २९ पुस । ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका ९ जनाको ग्याँस सिलिन्डर विष्फोटमा परी मृत्यु भएको हो ।

मृत्यु हुने एउटै गाउँका दुई परिवारका ९ जना सदस्य हुन् । सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको हो ।

मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् ।

अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि मृत्यु भएको जानकारी आएको वडा सदस्य लक्ष्मी विकले बताउनुभयो । उनीहरु दुवै परिवार करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस