रोल्पा, १७ पुस ।
रोल्पामा खर काट्ने क्रममा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुन्टिगढी गाउँपालिका–१ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार यही पुस १४ गते दिउँसो करिब १ बजेको समयमा खर काट्ने क्रममा भिरबाट खस्दा बुढा क्षेत्री गम्भीर घाइते हुनुभएको थियो ।
उहाँलाई सोही दिन साँझ ६ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङमा उपचारका लागि लगिएको थियो । उहाँको टाउको, अनुहार तथा बायाँ हातमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर उपचार गरिएको थियो ।
प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार


