दाङ, २८ मंसिर । दाङको तुलसीपुरमा पानी ट्यांकीमा डुबेर ३ वर्षिया बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गाइडरको तिलक मिजारको ३ वर्षिया छोरी रेजिना मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिजार घर नजिकै रहेको पानी ट्याङकीमा खेल्ने क्रममा आज बिहान पौने ११ बजेतिर अचानक डुवी गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रिले जानकारी दिनुभयो ।
गम्भिर घाइते भएकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ११ बजेतिर मृत्यु भएको खत्रीले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार


