दाङ, २६ मंसिर । देउखुरीको राप्ती गाउँपालिका वडा नं. २ पुण्यपुरमा रहेको सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान भिषण आगलागी भएको छ ।
आगालागीका कारण एउटा ट्रस्ट भवन सहित ठुला साना मेसिन र टायल तथा इन्टरलक जलेर पूर्णरूपमा नष्ट हुँदा करोडौंको क्षति भएको छ ।
आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । अहिले आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर प्रयोग गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूद्वारा आगो नियन्त्रण गर्ने प्रयास जारी रहेको छ ।
आगो विधुत सर्ट भएर हो या कसैले आगो लगाएको हो भन्ने विषयमा अहिले सम्म पुष्टि हुन सकेको छैन् । घटनाको थप बिबरण आउन अझै बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार


