दाङ, २५ मंसिर । काठ्माण्डौँ जाँदै गरेको बस आज बिहानै दाङमा दुर्घटना भएको छ । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका– १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो । आज बिहान करिब ३ बजे बस दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशन राज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।
घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बिहिवार


