दाङ, २३ मंसिर । दाङ भ्याली यातायात प्रालिमा दर्ता भई सञ्चालनमा रहेका सबै यातायात व्यवसायी, पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारले तुलसीपुर सिटी अस्पतालबाट उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन् ।
मंगलबार तुलसीपुरमा आयोजित कार्यक्रममा दाङ भ्याली यातायातका अध्यक्ष महेन्द्र महरा र तुलसीपुर सिटी अस्पतालका निर्देशक हेमराज बस्नेत बीच विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी उक्त मितिबाटै लागू हुनेछ ।

सम्झौताअनुसार अस्पतालले निम्नानुसार छुट उपलब्ध गराउनेछः ब्लड सुगर चेकजाँचमा – १००% छुट फिजियोथेरापी तथा ल्याब परीक्षणमा – १५% छुटबेड तथा डाक्टर चार्जमा – १०% छुट मेजर तथा माइनर अपरेसनमा – १०% छुट फार्मेसीमा – ७% छुट को व्यवस्था गरेको छ ।
दाङ भ्याली यातायातसँग आबद्ध अटो चालक, कर्मचारी तथा उनीहरूको परिवारलाई समयमै उपचार पाउन सहज हुने तथा आर्थिक भार घटाउने अपेक्षा गरिएको छ ।
दुवै संस्थाबीचको सहकार्यले समुदायमै स्वास्थ्य सेवा पहुँच र विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।


