सल्यान, १९ मंसिर । सल्यानको कपुरकोटमा जीप पल्टीएको छ । रोल्पाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८४३ नम्बरको जीप कपुरकोट बजारको न्युरोडमा शुक्रबार दिउँसो पल्टीएको हो ।
जीपमा सवार १६ जनालाई उद्धार गरि स्थानीय मेडिकलमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार




