२०८३ भाद्र १० गते बुधवार

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल

आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। योजना अनुसार काम बन्नेछन्। परीक्षाको राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

वृष : दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि एक पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस