२०८३ भाद्र १० गते बुधवार

दुवईमा तुलसीपुरका विनोद ओलीको निधन

दाङ, ६ मंसिर । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका तुलसीपुरका विनोद ओलीको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँ निवासी ३९ वर्षीय ओलीको दुवईमा निधन भएको हो ।

करिब १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा पुगेका ओलीको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । विनोदलाई अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा मृत्यु भएको बुवा सुरेश ओलीले जानकारी दिनुभयो । तर विनोदको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन।

परिवारका एक मात्र सदस्य रहेका विनोदको असामयिक निधनले परिवारसहित गाउँ शोकग्रस्त बनेको छ । विनोदका बुवा सुरेश ओली तुलसीपुरको तरकारी बजारमा तरकारी व्यवसाय गर्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस