२०८३ मङ्सिर ४ गते शुक्रवार

रोल्पामा जिप ३०० मिटर तल खस्दा दुर्घटना, चालकको मृत्यु, तीन घाइते


रोल्पा, १३ कात्तिक । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारमा भएको बाेलेराे पिकअप दुर्घटनामा एक जनाको मृ-त्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा सुनछहरी गाउँपालिका–६, ३२ वर्षका थम्मन रोका मगरकाे मृ-त्यु भएको छ ।


गएराति करिब ९:५० बजे सुलिचौरबाट किलाचौरतर्फ जाँदै गरेको लु २ च ८०१५ नम्बरको वाेलेरो पिकअप जिप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।
स्थानीय बासिन्दा तिलक भण्डारीले राति १०:१५ बजे इलाका प्रहरी कार्यालय सुलिचौरलाई जानकारी गराएपछि प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमाण्डमा टोली घटनास्थल पुगेर घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याएको थियो।
जिपमा चालकसहित चार जना सवार थिए ।
घाइतेहरूमा —
१. खिम बहादुर पुन (४० वर्ष), लुङ्ग्री गाउँपालिका–७,
२. भावना गिरी (२७ वर्ष), लुङ्ग्री गाउँपालिका–४ सालडाँडा,
र ३ भावना गिरीकाे ५ वर्ष छाेरी शान्ति गिरी
उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।

तस्बिर : फाइल

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस