२०८३ मङ्सिर ३ गते बिहिवार

सिफारिस भए प्रतिष्ठानमा सिधै बिलिङ गरेर एमआरआई, सिटि स्क्यानको सेवा


दाङ, ११ कार्तिक । बाहिरका निजि क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भई एमआरआई, सिटि स्क्यानसहितका अन्य सेवाका लागि बिरामी पर्चासहित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आएमा सिधै बिलिङ गरिने भएको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले बाहिर क्लिनिक वा निजि अस्पतालबाट बिरामी पर्चासहित एमआरआई, सिटि स्क्यानसहित अन्य सेवा लिन आएमा सिधै लाईन नलागेर बिरामीले सेवा लिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले बाहिरबाट चिकित्सकको सिफारिस भए सुगर, प्रेसर जाच पनि सिधै बिलिङ गरेर सेवा लिने गरि ब्यबस्थापन भएको बताउनुभयो । यो ब्यबस्था भएसंगै बाहिरबाट चिकित्सकको सिफारिस भएपछि फेरि प्रतिष्ठानमा आएर ओपिडि सेवाका लागि छुट्टै पर्चा काट्नु पर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस