२०८३ भाद्र ५ गते शुक्रवार

रोल्पामा जीप दुर्घटना, ११ जना घाइते


रोल्पा, ३० भदाै । राेल्पामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।


रोल्पा नगरपालिका–८ राङसीस्थित सडक खण्डमा साेमबार दिउँसो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।
लिवाङबाट राङसीतर्फ जाँदै गरेको लु १ ज ४६३७ नम्बरको जीप दिउँसो करिब ३ः५० बजे करिब १५ मिटर तल खसेकाे हाे ।


प्रहरी चौकी माडीचौरमा खबर पुगेपछि प्रहरी सब–निरीक्षक केशरबहादुर घर्तीमगरको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। थपमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब–निरीक्षक उदयराम यरीको कमाण्डमा ट्राफिकसहितको टोली पनि परिचालन गरिएको थियो।


दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि रेउघा अस्पताल पुर्याइएको छ।


दुर्घटनाग्रस्त जीप चालक ४३ वर्षीय भीमलाल डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरू
१. रोल्पा नगरपालिका -२ बस्ने बर्ष ३३ को फुलमाया वलीको दाहिने हातमा चोट,अवस्था सामान्य ।
२.रोल्पा नगरपालिका -२ बस्ने बर्ष ३५ को नारायण डागीको गर्दनमा चोट,अवस्था सामान्य ।
३.रोल्पा नगरपालिका -४ बस्ने बर्ष ६७ की हरि कुमारी खत्रीको छातिमा चोट,अवस्था मधयम ।
४.रोल्पा नगरपालिका-८ जगकोट बस्ने बर्ष ३९ को चन्द राम पुन,दाहिने आँखामा चोट,अवस्था सामान्य ।
५,रोल्पा नगरपालिका-८ जगकोट बस्ने बर्ष ३२ को बाल कुमार खत्री,छातिमा चोट,अवस्था सामान्य।
६रोल्पा नगरपालिका-२ रेउघा बस्ने बर्ष ४२ को देव डागीको टाउकोमा चोट अवस्था सामान्य
७.रोल्पा नगरपालिका-२ रेउघा बस्ने बर्ष ४ को प्रज्वल डागीको दाहिने हातमा चोट,अवस्था सामान्य ।
८.रोल्पा माडी गाउपालिका – ५ भावाङ बस्ने बर्ष ३२ की कल्पना के.सि.को दाहिने हातमा चोट,अवस्था सामान्य ।
९.रोल्पा माडी गाउपालिका- ५ भावाङ बस्ने बर्ष ८ की दिलासा के.सी.को टाउको,हातमा चोट,अवस्था सामान्य ।
१०.रोल्पा नगरपालिका- २बस्ने बर्ष २ को हिमेश डाँगीको दाहिने हातमा चोट,अवस्था सामान्य
११.रोल्पा नगरपालिका- २ बस्ने बर्ष ४ की मेलिना डागीको अवस्था सामान्य रहेको ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस