दाङ, १७ भदौ । लुम्बिनी प्रदेशसहित देशका केहि ठाउँमा आज पनि भारी वर्षाको संभावना रहेको छ । आज दिउँसो विषेशगरी लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
राति गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार


