२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरका केहि क्षेत्रमा आज विद्युत नआउने


दाङ, १७ भदौ ।
तुलसीपुरका केहि क्षेत्रमा आज विद्युत नआउने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार फूलबारी फिडर अन्तर्गत क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने भएको हो ।

फूलबारी फिडर अन्तर्गत तुलसीपुर–१३ को पुरै क्षेत्र , १० र १२ नम्बरका केहि क्षेत्र, दंगिशरण–१ र २ मा विद्युत आपुर्ति बन्द हुन प्रविधिक दिपक थापाले जानकारी दिनुभयो ।

फूलबारी फिडर अन्तर्गतका क्षेत्रमा रुखका हाँगाबिगा काट्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका छ बजेसम्म विद्युत आपुर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस