२०८३ भाद्र ११ गते बिहिवार

सल्यानमा साना किसानहरूको त्रैमासिक प्रगति समीक्षा


सल्यान, १६ भदाै । सल्यान जिल्लामा रहेका साना किसानहरूको त्रैमासिक तुलनात्मक प्रगति समीक्षा आज श्रीनगरस्थित होटल युनाइटेडमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष डम्बरबहादुर यरीकाे अध्यक्षता कार्यक्रम भएको हाे ।


समिक्षा कार्यक्रममा साना किसान विकास बैंक शाखा सुर्खेतका कार्यालय प्रमुख राम जनक चौधरी, अधिकृत निर्मल कडेल तथा नेपाल सहकारी केन्द्रीय संघका फिल्ड प्रशिक्षक मानबहादुर बिसी सहभागी रहनुभएकाे थियाे ।

समीक्षामा साना किसानहरूले गत असार र यस असारको तुलनात्मक प्रगति प्रस्तुत गरेका थिए। कार्यक्रमकाे
सहजीकरण साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले गर्नुभएको हो।


समीक्षामा ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस