२०८३ भाद्र ११ गते बिहिवार

लायन्स क्लव अफ दाङ र लियो क्लबको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम

दाङ, १५ भदौ । लायन्स क्लव अफ दाङ र लियो क्लब अफ दाङको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम भएको छ । लायन्स सन् २०२४/२०२५ का अध्यक्ष गोरख वलीसहितका पदाधिकारीले सन् २०२५/२०२६ का अध्यक्ष बिनिल केसीसहितका पदाधिकारीलाई पद हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा अध्यक्ष वलीले एक वर्षको कार्यकालमा गरेका विभिन्न सामाजिक कामको प्रगति विवतरण समेत सार्वजनिक गर्नुभयो । असहाय जेहेन्दार बालबालिकालाई पढाउनेदेखि विभिन्न सामाजिक कामको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

सन् २०२४/२५ का अध्यक्ष लायन गोरखबहादुर ओलीको अध्यक्षता तथा ३२५ यान नेपालका डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथितामा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लबले समाजमा रचनात्मक र सृजनात्मक कार्य गर्दै आएको बताउनुभयो। क्लबले आत्मनिर्भरताको लागि उद्धमशीलताको वातावरण सिर्जना गर्न पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।

पदवार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बिनिल केसीले स्थानिय स्तरमा रहेका लायन्स कल्वहरूलाई एकतावद्ध गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सिनियर डिस्ट्रिक इजुकेटिभ चिफ ध्रुव गौतम, एरियासचफ मधुसुधन वैद्य, पूर्व अध्यक्ष बिमल रिजाल, गणेश अधिकारी लगायतले प्रयास पोख्रेल लगायतले लायन्स क्लबले सामाजिक रूपमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि समाजसेवामा सक्रिय रहन नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभयो ।

त्यस अवसरमा क्लबको गतिविधि उजागर गर्न सहयोग गर्ने पत्रकार निरला अर्याल र भीम पौडेललाई सम्मान गरिएको छ । यस्तै समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका क्लबका पदाधिकारी तथा अन्य व्यक्तिहरूलाई पनि सम्मान गरिएको हो ।

क्लबको नयाँ पदाधिकारीमा प्रथम उपाध्यक्ष लोकबहादुर विष्ट, द्वितीय उपाध्यक्ष पुर्ण भण्डारी, तृतीय उपाध्यक्ष चन्दा श्रेष्ठ,उपाध्यक्षहरू गोपाल रावत,सरोज लामिछाने र कोमल डिसी, सचिव बिजय गिरी, सहसचिव हरिष गिरी, कोषाध्यक्ष रोमप्रसाद भट्टराई, सह–कोषाध्यक्ष माधव पोखरेल, एलसीआईएफ कोर्डिनेटर बिष्णु पोखरेल र मेम्बरशिप चेयरपर्सन सुर्यप्रसाद शर्मा रहनु भएको छ । यस्तै लियो क्लबको अध्यक्षमा युवराज केसी लगायतका सम्पूर्ण पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो ।

वर्ष २०२४/२५ को कार्यकाललाई उत्कृष्ट बनाउनका लागि सहयोग गर्ने सबैलाई अध्यक्ष गोरख ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रमको सहजीकरण सचिव कोमल डिसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस