२०८३ भाद्र ११ गते बिहिवार

ईकापी न्यूजकर्मी अर्याल नगदसहित सम्मानित


दाङ, १५ भदौ । ईकापी न्यूजकर्मी निरला अर्याल नगदसहित सम्मानित हुनुभएको छ । उहाँलाई लायन्स क्लब अफ दाङले आइतबार नगद ७ हजार १ सयसहित प्रमाणपत्रले सम्मान गरेको हो । अर्याल ईकापी न्यूजको सम्पादक हुनुहुन्छ ।

सम्पादक अर्याललाई लायन्स क्लब अफ दाङका वर्ष २०२५/२०२६ का अध्यक्ष बिनिल केसीले आफ्ना स्व. बुवा बिष्णु केसीको स्मृतिमा स्थापना गर्नुभएको उत्कृष्ट पत्रकारिता अक्षयकोषबाट सम्मान गरिएको हो ।

उहाँलाई आइतबार गरिएको पद हस्तान्तरण तथा सम्मान कार्यक्रममा ३२५ यान नेपालका डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठसहित वर्ष २०२४/२०२५ का अध्यक्ष गोरख बहादुर वली, वर्ष २०२५/२०२६ का अध्यक्ष बिनिल केसीले संयुक्तरुपमा नगदसहित सम्मान गर्नुभएको हो ।

स्व.बिष्णु केसी लायन्स क्लब अफ दाङका पूर्व अध्यक्ष समेत रहनुभएको थियो । सम्पादक अर्याल लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहनुभएको छ । यस्तै पत्रकारिता क्षेत्रमा भिडियो निर्माणको क्षेत्रबाट भीम पौडेललाई समेत क्लबले सम्मान गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस