आज २०८२ साल भदौ १५ गते आइतबार। भाद्र शुक्ल पक्षको अष्ठमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ३१ तारिख। गौरा पर्व मान्ने सम्बन्धित समुदायको बिदा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष -कार्य क्षेत्रमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने समय छ। आर्थिक क्षेत्रमा लाभको संकेत देखिन्छ। यात्रामा लाभ हुनेछ, तर हतार नगर्नुहोस्।
वृष -अल्प प्रयासमा राम्रो परिणाम पाइनेछ। धनप्राप्ति हुने समय छ। प्रेममा स्नेह बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, ध्यान दिनुहोस्।
मिथुन -साझेदारीमा लाभ हुनेछ। मान्यजनको सहयोग पाइने समय छ। करियरमा अवसर आउनेछ तर निर्णयमा ढिलाइ नगर्नुहोस्।
कर्कट -नोकरी वा व्यवसायमा सफलता पाइनेछ। वैदेशिक सम्पर्कबाट लाभ मिल्ने संकेत छ। पारिवारिक काममा व्यस्तता बढ्नेछ।
सिंह -सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने समय छ। मिहिनेत गर्दा नयाँ अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।
कन्या -स्वास्थ्यप्रति ध्यान दिनुहोस्। वित्तीय व्यवस्थापनमा सतर्क रहनुहोस्। लामो यात्राको योग बनेको छ।
तुला -नयाँ योजनामा हात हाल्ने समय आएको छ। प्रेम र सम्बन्धमा मधुरता बढ्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ।
वृश्चिक -काममा सफलता पाइनेछ। वैदेशिक यात्राको सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ।
धनु -सकारात्मक सोचले नयाँ काम सफल हुनेछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। अध्ययन अनुसन्धानमा मन जानेछ।
मकर -नोकरी वा व्यापारमा लाभ हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कुम्भ -सृजनात्मक काममा सफलता पाइनेछ। मित्रताको सम्बन्ध बलियो हुनेछ। आर्थिक लाभको संकेत छ।
मीन -अध्यात्म र धर्मतर्फ आकर्षण बढ्नेछ। यात्रा सफल हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।


