२०८३ भाद्र १८ गते बिहिवार

आज २०८२ साल साउन २५ गते आइतबारको राशिफल

आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा पर्व। तदनुसार सन् २०२५ अगष्ट १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -आज कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक विषयमा स्नेह र आत्मियता अनुभव हुनेछ। यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। व्यापारिक क्षेत्रमा लाभको संकेत छ, तर नयाँ लगानी सोचेर गर्नुहोस्।

वृष-आर्थिक पक्ष बलियो बन्दै जानेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। घरमा धार्मिक वा सांस्कृतिक गतिविधि हुनसक्छ। यात्रामा शुभ फल प्राप्त हुनेछ।

मिथुन काममा चुनौती आउन सक्छ, तर धैर्यले समाधान हुनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। आर्थिक पक्ष मध्यम रहला। आत्मविश्वासले काम सफलतामा पुग्नेछ।

कर्कट-नयाँ योजना र अवसर हात लाग्ने सम्भावना छ। मित्र वा आफन्तको सहयोग पाइनेछ। व्यवसायमा फाइदा हुने संकेत छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ।

सिंह-आज निर्णयहरू सोचविचार गरेर लिनुहोस्। करियरमा अवसर आउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा अलिक थकान महसुस हुनसक्छ।

कन्या-विद्या, अध्ययन र यात्रामा सफलता मिल्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागिता बढ्नेछ। व्यापारमा मुनाफा हुने संकेत छ। साथीहरूको साथ पाइनेछ।

तुला-आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। गोप्य योजना अरूसँग नबाँड्नु राम्रो। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक वातावरण सामान्य रहला।

वृश्चिक-साझेदारी र सम्बन्धमा सहयोगको वातावरण बन्‍नेछ। व्यापारमा उन्नति हुनेछ। वैवाहिक जीवनमा मिठास बढ्नेछ। यात्रामा लाभ मिल्नेछ।

धनु-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। आर्थिक पक्ष मध्यम तर स्थिर रहला। मेहनतको परिणाम बिस्तारै देखिनेछ।

मकर-सृजनात्मक कार्यमा सफलता पाउने दिन हो। प्रेम र सम्बन्धमा आत्मियता बढ्नेछ। आर्थिक पक्ष बलियो हुने संकेत छ। मन रमाउने दिन हुनेछ।

कुम्भ-घर-परिवारको विषयमा व्यस्त रहनुपर्नेछ। थोरै तनाव भए पनि परिणाम राम्रोतिर जानेछ। सम्पत्ति सम्बन्धी कार्य सफल हुनेछ।

मीन-यात्रा, अध्ययन वा तालिमका अवसर प्राप्त हुनेछ। भाइबहिनी वा साथीहरूको साथ पाइनेछ। व्यापारमा नयाँ सम्भावना देखापर्नेछ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस