२०८३ भाद्र १३ गते शनिवार

बुद्ध हस्पिटल र युरो किड्स स्कुल बिच  सम्झौता


दाङ, १७  साउन । बुद्ध ईन्टरनेशनल हस्पिटल प्रा.लि., घोराही–१५ दाङ र युरो किड्स स्कुल बीच आपसी सहकार्यमा छुट सम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार भएको सम्झौता अनुसार अबदेखि युरो किड्स स्कुलका सम्पुर्ण बिध्यार्थी, कर्मचारी लगायत सम्पुर्ण परिवारलाई बुद्ध ईन्टरनेशनल हस्पिटलबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिइनेछ भने औषधि (फार्मेसी) खरिदमा ७ प्रतिशत छुट उपलब्ध गराइने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो ।

सम्झौता अनुसार सदस्यहरूले ओ. पि. डि., भर्ना, आकस्मिक सेवा, प्रयोगशालासम्बन्धी परीक्षण, सर्जरी तथा अन्य सम्पुर्ण उपचार सेवाहरूमा छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ । उक्त छुट तेस्रो पक्षद्वारा लाग्ने शुल्क (जस्तै बाह्य प्रयोगशाला सेवाहरू)मा मान्य नहुने उल्लेख छ ।

त्यसै गरि हस्पिटलका सम्पुर्ण कर्मचारी तथा परिवारका बच्चा बच्चीहरुलाइ युरो किड्स स्कुलमा  भर्ना सुल्कमा २०% र मासिक सुल्कमा १०% छुट दिने यूरो किड्सका प्रीन्सिपल सुधीर बश्यालले बताउनुभयो ।

छुट प्राप्त गर्नको लागि दुबै सस्थाका सदस्यले सम्बन्धित सस्थामा आबद्ध भयको प्रमाण स्वरुप  परिचयपत्र तथा सोको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

सम्झौतामा उल्लेख भयको बराबर अन्य छुट योजनाको हकमा यो सम्झौता लागु हुनेछैन । यस सम्झौताबाट दुबै सस्थाका सदस्यहरुलाइ फाइदा पुग्ने साथै दुई सस्था बिचको सम्बन्ध प्रगाढ हुने बिश्वास लियको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले बनाउनुभयो।

सम्झौता पत्रमा बुद्ध ईन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा र युरो किड्स स्कुलका तर्फबाट प्रीन्सिपल सुधिर बश्यालले हस्ताक्षर गर्नुभयको थियो।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस