२०८३ असार १० गते बुधवार

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

आज २०८२ साल साउन १७ गते शनिबार। साउन शुक्ल पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।]

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष-धार्मिक कार्यमा मन जानेछ। मित्रताको अनुभव हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। खर्च सामान्यभन्दा बढी हुन सक्छ। वैदेशिक काममा प्रगति देखिन्छ।

वृष-आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन सकिनेछ। आफन्तसँग आत्मीयता बढ्नेछ। प्रतिष्ठा बढ्ने दिन हो। मनका कुरा बुझ्ने साथी भेटिन सक्छ।

मिथुन-मन थोरै अस्थिर हुन सक्छ। आन्तरिक द्वन्द्व देखिन सक्छ। आत्मनिरीक्षण र धैर्य आवश्यक छ। गोप्य कुरा गोप्य नै राख्नु राम्रो हुनेछ।

कर्कट-सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। सहकर्मी र साथीभाइको साथ पाइनेछ। साझा प्रयास सफल हुनेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ।

सिंह-नेतृत्व क्षमता देखिनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। प्रशंसा पाइने सम्भावना छ। काममा आत्मबल र जोश रहनेछ। शत्रुहरू कमजोर हुनेछन्।

कन्या-बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। अध्ययन र लेखनमा सफलता मिल्नेछ। न्याय वा प्रशासनसम्बन्धी कार्यमा सकारात्मक संकेत देखिन्छ।

तुला-अप्रत्याशित लाभको सम्भावना छ। पुराना ऋण तिर्न सकिनेछ। भावना र यथार्थमा सन्तुलन आवश्यक छ। ध्यान र संयमले मन शान्त रहनेछ।

वृश्चिक-दाम्पत्य र साझेदारीमा संवेदनशीलता देखिन सक्छ। आत्मीय सम्बन्धको पुनःस्थापना हुने दिन हो। व्यवहारमा सन्तुलन कायम राख्नु आवश्यक छ।

धनु-नयाँ कार्य सुरु गर्न अनुकूल समय हो। समस्याको समाधानतर्फ उन्मुख हुनेछ। कार्यमा मन जानेछ। स्वास्थ्यमा पनि सुधार देखिन्छ।

मकर-मन रमाइलो बन्नेछ। सन्तान वा प्रेमसम्बन्धमा सुख मिल्नेछ। पारिवारिक तनाव केही देखिन सक्छ। सानो यात्रा वा घुमफिरको अवसर मिल्नेछ।

कुम्भ-घरपरिवारमा जिम्मेवारी बढ्नेछ। अचल सम्पत्तिबाट लाभ मिल्न सक्छ। अभिभावकसँग सम्बन्ध सुधार हुनेछ। घर परिवर्तनको संकेत देखिन्छ।

मीन-योजना कार्यान्वयनमा लाग्ने दिन हो। यात्राबाट लाभ मिल्नेछ। विवादबाट टाढा रहनु राम्रो हुनेछ। संचार र लेखनमा सफलता मिल्नेछ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस