२०८३ भाद्र १८ गते बिहिवार

आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल

आज २०८२ साल साउन १३ गते मंगलबार। साउन शुक्ल पक्षको पन्चमी तिथि। आज नाग पन्चमी। तदनुसार सन् २०२५ जुलाई २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो।

वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ ।

मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा राख्नुपर्छ ।

कर्कट -घरमा मर्मत, साजसज्जा वा आन्तरिक व्यवस्था मिलाउने कार्यमा लागि पर्ने दिन रहेको छ ।आमाबुबाको साथ वा सहयोगले अगाडि वढ्न सकिनेछ ।

सिंह -मित्रसँग भेटघाट, सन्देश आदानप्रदान हुने दिन हो। उत्साहसाथ काममा लागेमा राम्रो लाभ मिल्नेछ।

कन्या -धन खर्चमा संयमता राख्नुहोस्। नयाँ योजना बनाउने सोच पलाउन सक्छ तर तत्काल निर्णय नगर्नु उपयुक्त हुनेछ

तुला -चञ्चलता बढ्न सक्छ। आत्मकेन्द्रित निर्णयबाट टाढा बस्नुहोस्। मङ्गलको प्रभावले जोश बढाए पनि कार्यमा स्थिरता आवश्यक छ।

वृश्चिक -गोप्य योजना वा मानसिक तनावले दिन प्रभावित हुन सक्छ। ध्यान वा एकान्तमा केही समय बिताउनु उपयोगी हुनेछ ।

धनु -समूह, मित्र वा संस्था मार्फत काम गर्ने अवसर मिल्नेछ। सामाजिक योगदान वा सहभागिता बढ्न सक्छ।

मकर -कामका असाध्यै व्यस्त भैइनेछ अफिस वा व्यवसायमा नेतृत्त्व भूमिका लिनुपर्ने समय हो। जिम्मेवारीमा कमी नगर्नुहोला ।

कुम्भ -धार्मिक भावना जाग्नेछ। यात्राको योग बन्नेछ। कुनै नयाँ विषय अध्ययन गर्ने समय रहेको छ।

मीन -दाम्पत्य र साझेदारीको विषयमा गम्भीर विचार गर्नुपर्ने समय हो। तर क्रोधले सम्बन्धमा असर गर्न सक्छ — संयम आवश्यक छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस