२०८३ भाद्र १८ गते बिहिवार

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

आज २०८२ साल साउन ११ गते आइतबार। साउन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई २७ तारिख। आज बराहा जन्मजयन्ती परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ।

वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय।

मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय हो। बोलचालमा स्पष्टता जरुरी हुन्छ। सामाजिक सञ्जाल वा सार्वजनिक काममा सहभागिता बढ्न सक्छ। विदेशसंग सम्बन्धित सोचमा केही ढिलाइ देखिन सक्छ।

कर्कट-नयाँ सोच र आत्मबल साथ दिने दिन हो। आत्मविश्वासका साथ अघि बढ्न सकिनेछ। वैदेशिक सम्बन्ध वा प्रस्ताव आउन सक्छ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने समय पनि हुन सक्छ।

सिंह-मन थोरै थाकेको महसुस हुन सक्छ। एकान्त रोज्ने मनस्थिति रहन सक्छ। विदेशमा रहेका आफन्तसँग कुराकानी हुन सक्छ। सामाजिक काममा चाहेर पनि सक्रिय हुन नसकिने संकेत छ।

कन्या-साथीभाइ वा टाढाका आफन्तसँग कुराकानी हुनेछ। सामाजिक रूपमा तपाईंको रायको कदर हुनेछ। विदेशबाट केही जानकारी आउने सम्भावना छ, त्यसले भविष्यको योजना बनाउन सहयोग पुर्‍याउन सक्छ।

तुला-काममा प्रगति देखिन्छ। पद वा प्रतिष्ठा बढ्न सक्छ। समाज वा संस्थामा तपाईंको सक्रियता बढ्नेछ। विदेशमा अवसर खोज्दै हुनुहुन्छ भने आज केही संकेत देखिन सक्छ।

वृश्चिक-धार्मिक वा अध्ययन सम्बन्धी चासो बढ्नेछ। टाढाका व्यक्तिसँग सम्पर्क हुने सम्भावना छ। विदेश जाने सोच छ भने पहिले देखिएका अड्चनहरू हट्न सक्छन्।

धनु-गहिरो विषय बुझ्ने समय हो। परिवार वा साझेदारसँग विश्वासमा कुरा गर्नु राम्रो हुन्छ। विदेशसंग सम्बन्धित काम अगाडि बढाउन सकिनेछ। सामाजिक जिम्मेवारीप्रति गम्भीरता आवश्यक देखिन्छ।

मकर-साझेदारी वा समझदारी आवश्यक पर्ने दिन हो। सामाजिक सम्वादमा ध्यान दिनुहोस्। वैदेशिक सम्बन्धमा निष्कर्ष नआई केही प्रतीक्षा आवश्यक हुन सक्छ।

कुम्भ-दैनिक काममा सुधार आउनेछ। स्वास्थ्यमा पनि सामान्य सुधार देखिन्छ। समाजमा तपाईंको व्यवहार प्रशंसनीय बन्न सक्छ। विदेशबाट आएको सन्देशले आशा जगाउन सक्छ।

मीन-रमाइलो कुराकानी वा सृजनात्मक काममा मन लाग्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। सामाजिक अवसरमा सहभागिता बढ्नेछ। विदेश जाने सोच बनिराख्नुभएको छ भने, प्रयास गर्न सकिने समय हो।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस