२०८३ भाद्र ५ गते शुक्रवार

तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी रुखमा ठोक्कियो

दाङ, ८ साउन । तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शी सुरेश चौधरीका अनुसार तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४३०९ नम्बरको गाडी बिहिबार दिउँसो ४ बजेतिर बाँकेको फुले जंगलमा दुर्घटनामा परेको हो ।

गाडी सडक छेउमा रहेको रुखमा ठोक्किदा दुर्घटना भएको हो । गाडीमा १० जनाभन्दा धेरै यात्रु थिए । सवार यात्रुमध्ये तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस