आज २०८२ साल साउन ४ गते आइतबार। साउन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष-धार्मिक कार्यमा मन जानेछ। आत्मबल र सम्मान बढ्नेछ। अध्ययन, अध्यापन वा नेतृत्वमा सफलता मिल्नेछ। सरकारी वा प्रतिष्ठित व्यक्तिसँग भेट हुन सक्छ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
वृष-धेरै कुरामा मन अडिन नसक्ने देखिन्छ। पारिवारिक तनाव बढ्न सक्छ। यात्रामा सन्तोष नहुन सक्छ। आमा वा घरको जिम्मेवारीप्रति ध्यान पुर्याउनुहोस्।
मिथुन-भाईबहिनी वा छरछिमेकसँग सम्बन्ध प्रगाढ बन्नेछ। सञ्चार, लेखन र व्यापारिक छलफलमा सफलता मिल्नेछ। छोटो यात्रा वा नयाँ संझौता पनि सम्भव छ।
कर्कट-धन आवागमन बढ्नेछ तर खर्च पनि सँगसँगै बढ्न सक्छ। बोलीमा असर पर्न सक्छ, संयम आवश्यक छ। परिवारको सल्लाहअनुसार चल्दा लाभ हुनेछ।
सिंह-चन्द्रमा आफ्नो राशिमा भएकाले आत्मविश्वास र तेजस्विता बढ्नेछ। मनको चाहना पुरा हुने संकेत छन्। सम्मान र सान्दर्भिकता बढ्नेछ। शुभ समाचार पाइने सम्भावना छ।
कन्या-मनमा चिन्ता र एक्लोपन बढ्न सक्छ। मानसिक थकान वा अनुत्साह अनुभव हुनेछ। ध्यान, साधना वा मौनमै रहनु राम्रो हुनेछ। गोप्य योजनामा सफलता मिल्न सक्छ।
तुला-मित्रता प्रगाढ हुने दिन हो। शुभ काममा सहभागी हुन सकिनेछ। सामाजिक सञ्जाल वा सहकार्यबाट लाभ हुनेछ। आकस्मिक आम्दानीको संकेत पनि देखिन्छ।
वृश्चिक-कामको मूल्यांकन हुने दिन हो। पद, जिम्मेवारी वा प्रतिष्ठामा वृद्धि हुनेछ। वरिष्ठ वा पितृ तुल्य व्यक्तिको सहयोग मिल्नेछ। आत्मबल बढाउने समय हो।
धनु-धार्मिक र आध्यात्मिक चेतना जाग्नेछ। यात्रा वा अध्ययनमा सफलता मिल्नेछ। गुरु वा ज्ञानी व्यक्तिसँग सल्लाह लाभदायक हुनेछ।
मकर-आर्थिक विषयमा थोरै तनाव देखा पर्न सक्छ। साझेदारी वा ऋण सम्बन्धी कुरामा सावधानी आवश्यक छ। भावना र व्यवहारमा सन्तुलन राख्नु राम्रो हुनेछ।
कुम्भ-दाम्पत्य वा साझेदारीमा चासो बढ्नेछ। कुनै ठुलो निर्णय गर्नु परे, जीवनसाथी वा सल्लाहकारको राय लिनु उचित हुनेछ। संवादमार्फत समस्याको समाधान खोज्नुहोला।
मीन-स्वास्थ्यमा थकान वा सुस्ती देखिन सक्छ। अनावश्यक काममा समय खर्च नहोस्। सेवामूलक कार्य वा नियममा रहनु राम्रो हुनेछ।


